काठमाडौँ । काठमाडौँको डिल्लीबजारमा हरेक सामान १६९ रुपैयाँ पाइने गरी मार्कस १६९ मार्ट खुलेको छ ।
किचेन आइटम, स्टेशनरी, कस्मेटिक तथा हार्डवेयरसम्मका सामानहरू १६९ रुपैयाँमा किन्न पाइने मार्ट सञ्चालक सोनाम शेर्पाले जानकारी दिए ।
डिल्लीबजार सिटिजन्स बैंकसँगै खुलेको मार्टमा हरेक सामान उक्त मूल्यमा पाइने भएको हो । उक्त मार्टको अभिनेता आकाश श्रेष्ठले उद्घाटन गरेका थिए।
दिनप्रतिदिन महँगी बढिरहेको बेला एउटै ठाउँमा सस्तोमा सामान उपलब्ध गराउने उद्देश्यका साथ मार्ट खोलेको सञ्चालक शेर्पाको भनाइ छ ।
आफूलाई आवश्यक पर्ने सामानहरू एउटै छानामुनि त्यो पनि सस्तोमा पाउने भएपछि ग्राहकहरूलाई निकै लाभदायी हुने अपेक्षा मार्टको छ ।





























