काठमाडौं । रोटरी ई–क्लब डिस्ट्रिक्ट ३२९२, नेपालले २०२४ को क्लब स्थापना समारोह इन्द्रेणी सुइट्स होटल, काठमाडौं, नेपालमा सफलतापूर्वक सम्पन्न ग¥यो।
रोटरियन राज श्रेष्ठले रोटरी वर्ष २०२४–२५ को लागि १२ औं अध्यक्षको रूपमा पदभार ग्रहण गर्नुभयो । यो क्लब १३ मे २०१३ मा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल–भुटान अन्तर्गत स्थापना भई सञ्चालनमा रहेको छ ।
स्थापना समारोहमा क्लबका सदस्यहरू, उनका जीवनसाथीहरू, रोट्र्याक्टर्स, इन्टर्याक्टर्स, रोटाकिड्स, र डिस्ट्रिक्टका लिडरहरू तथा अधिकारीहरू सहित ६० भन्दा बढी सहभागीहरू थिए ।
प्रमुख अतिथि र निवर्तमान डिस्ट्रिक्ट गभर्नर (IPDG) राजेन्द्र प्रसाद धोजु, डिस्ट्रिक्ट गभर्नर नोमिनी (DGN)विष्णु बहादुर कार्की र उनकी जीवनसाथीले कार्यक्रममा गरिमा प्रदान गरे। उहाँहरुले सामुदायिक
विकासमा रोटरीको महत्व र नेतृत्वको महत्वपूर्ण भूमिकाबारे विस्तिृत जानकारी प्रदान गर्नुभयो।
असिस्टेन्ट गभर्नर (AG) प्रविन भट्टराईले डिस्ट्रिक्ट र क्लबबीचको परस्पर निर्भरता सामुदायिक स्तरमा स्थायी प्रभाव पार्नको लागि महत्वपूर्ण भएकोमा जोड दिनुभयो।
उहाँले रोटरी इन्टरनेशनलकी अध्यक्ष स्टेफनी ए. उर्चिकको दृष्टिकोण र उनको थीम द म्याजिक अफ रोटरी’ र डिस्ट्रिक्ट गभर्नर २०२४/२५ राजेन्द्र मान शेरचनद्वारा राखिएको लक्ष्यहरू साझा गर्नुभयो। एजी भट्टराईले डिस्ट्रिक्ट र क्लबसँगको सम्बन्धलाई मजबुत पार्ने प्रतिज्ञा गर्नुभयो।
अध्यक्ष राज श्रेष्ठले रोटरी वर्ष २०२४/२५ को लागि आफ्नो दृष्टिकोण र कार्य योजनालाई प्रस्तुत गर्नुभयो । उहाँले रोटरी ई–क्लबले सामुदायिक क्षेत्रमा पु¥याएको महत्त्वपूर्ण योगदानहरूमा प्रकाश पार्नुभयो, जसमा दलसिबे, काभ्रेमा रु ६७,००,००० को भूकम्प पुर्नस्थापना परियोजना, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति निरन्तरता, मानसिक स्वास्थ्य कार्यक्रम, वातावरण संरक्षणका पहलहरू, शान्ति निर्माण प्रयासहरू, र WASH (पानी, सरसफाइ, र स्वच्छता) परियोजनाहरू समावेश छन्।
उहाँले रोटरीको आफूभन्दा माथि सेवा’ को नारा लिएर क्लबका राम्रो कार्यहरूलाई अघि बढाउन सक्षम नयाँ नेतृत्व विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्लबका आठ चार्टर सदस्यहरू र एस.ई.ई. पास भएका तीन विद्यार्थीहरुलाई सम्मानित गरियो। क्लबका सदस्य रोटरियन
पूनम थापालाई पनि रोटरी लर्निंग सेन्टरमा सबैभन्दा धेरै अंक प्राप्त गरी डिस्ट्रिक्टकैटप ११ मा पुग्न सफल भएकोमा सम्मान स्वरूप अध्यक्ष राज श्रेष्ठ र प्रमुख अतिथि (IPDG) राजेन्द्र धोजुले संयुक्तरुपमा सम्मानित गर्नुभयो ।



























