काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
यसले सेयरधनीलाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ५६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात यसको मूल्य ४४८ रुपैयाँ कायम भएको छ। सोही भाउलाई आधार मानेर यसको सोमबार कारोबार खुला हुनेछ ।
































