काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सनुको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो।