दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको १ः५६.६२१२७९ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको छ । जसमा लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीको पुष २९ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको प्रस्तावलाई अनुमोदन गरेको थियो ।