दुई महिनामा भित्रियो साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स

काठमाडौ । चालु आर्थिक वर्षको भदौसम्म ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही समयावधिको तुलनामा ३३.१ प्रतिशतको वृद्धि हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिथि रिपोर्ट अनुसार भदौमा मात्रै १ खर्ब ७४ खर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत आर्थिक यस अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष यस महिनामा विप्रेषण आप्रवाह १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा उक्त सञ्चिती २० अर्ब ४१ करोड पुगेको छ । जसले १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।