झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (भदौ २४) अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो ।

कुल निष्कासनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरी बाँडफाँट पनि गरिसकेको छ ।

त्यसैगरी कम्पनीले २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोष र ११ हजार ४०६ कित्ता शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता सर्वसाधारणमा बिक्री खुलाएको छ ।

यो शेयरमा लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।