सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्राधिकरणको अध्यक्षका लागि अर्जुनप्रसाद पोखरेल, नारायण पौडेल र डा. खगराज शर्माको नाम सिफारिस गरेको थियो ।