काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट आज प्रस्तुत गर्न लागेको छ ।
मेयर बालेन्द्र शाह (बालेन) ले आज दिउँसो २ बजे नगरसभा आह्वान गरेका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बस्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज नै बजेट प्रस्तुत गर्ने प्रस्ताव गरेका थिए ।
राजश्व परामर्श समितिको बैठकले २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरेअनुसार आज सोही प्रस्तावित बजेट सार्वजनिक गरिनेछ ।
संविधान अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ । तर, काठमाडौं महानगरभित्र देखिएको आन्तरिक द्वन्द्वका कारण बजेट ल्याउन ढिलो भएको हो ।