काठमाडौं । नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद शेयर वापत १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रद शेयर वापत ६५ लाख ७६ हजार ९६७ दशमलव ७६ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । कम्पनीको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।





























