काठमाडौं ।व्यवसायीक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको नियम कार्यान्वयनमा आएको छ ।
आन्तरिक राजश्व विभागले एक सार्वजनिक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।
आर्थिक विधेयक, २०८१ बाट आयकर ऐन, २०५८ को दफा ८१ क। थप भई व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था अनुसार विभागले सूचना मार्फत जानकारी गराएको हो ।
यस्तो व्यवस्था कार्यान्वयन नगरिएमा हरेक पटक पाँच हजार रूपैयाँ वा कुल कारोबार रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा पाउने छैनन् ।