काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कर्जा लिएका ऋणी ग्राहक वर्गहरूलाई यसै २०८० असार महिनाको मसान्तभित्र कर्जाको व्याज र किस्ता रकम बुझाउन अनुरोध गरेको छ।
तिर्न र बुझाउनुपर्ने रकम नतिरि( नबुझाई अटेर गरेमा सहकारी ऐन,निमावली तथा संस्थाको विनियम र आन्तरिक कार्यविधि अनुसार संस्थाका नाममा लेखिदिएको जेथा धितो जमानी लिलामी गरि कर्जा र व्याज रकम असुल उपर गर्ने तथा ऋणी तथा जेथा जमानी दिने व्यक्तिको चलअचल सम्पत्ति रोक्का गरि कर्जा असुली गर्ने आवश्यक कानुनी प्रकृया समेत अवलम्बन गरिने नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि. ले जनाएको छ।































