माघ ४ गतेदेखि नेपाल लाइफ समृद्धि योजना निष्कासनमा आउने

काठमाडौं । कोष प्रवर्द्धकमा नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापकमा नेपाल लाइफ क्यापिटल रही नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपाल लाइफ समृद्धि लगानी योजना माघ ४ गतेदेखि निष्कासनमा आउने भएको छ।

यस योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले कुल १६ करोड इकाई बिक्रीमा आउनेछ। जसमध्ये २ करोड ४० लाख वा कुल बिक्री भएको इकाईको न्यूनतम १५ प्रतिशत इकाईमध्ये नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत वा २ करोड २४ लाख इकाई र नेपाल लाइफ क्यापिटललाई १ प्रतिशत वा १६ लाख इकाई सुरक्षित गरिनेछ।

बाँकी न्यूनतम १३ करोड १६ लाख इकाई भने सर्वसाधारणका लागि बिक्री खुला गरिने भएको हो। यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईका लागि र अधिकतम १ करोड ६० लाख इकाईसम्म माग गर्न सकिनेछ। निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ।

यो बन्दमुखी प्रकृतिको योजना हो र यसको अवधि १० वर्ष रहेको छ। १० वर्ष पूरा भएपछि यो परिपक्व हुनेछ र त्यसपछि योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाई धनीहरूलाई समानुपातिक हिसाबले बाँडफाँड गरिनेछ। यो इकाई नेप्सेमा सूचीकृत गरी कारोबार हुने व्यवस्था पनि गरिनेछ।