काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा प्रभावित भएको देखिएको हो ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीको मुनाफा करिब १५ प्रतिशतले घटेर १ अर्ब २९ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी समेत १०.१८ प्रतिशतले घटेर ४ अर्ब ७० करोड २३ लाख रुपैयाँमा सीमित भएको छ ।
गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँ रहेको थियो । ६ महिनाको अवधिमा बैंकको सञ्चालन नाफा समेत ३ अर्ब १२ करोड ३३ लाख रुपैयाँबाट घटेर १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँमा समिति भएको छ ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २२ अर्ब ५८ करोड, वितरणयोग्य मुनाफा ९ अर्ब ७ करोड ३० लाख रुपैयाँ ऋणात्मक, खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.९६ प्रतिशत पुगेको छ । यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी ११.४५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७४.२३ रुपैयाँमा पुगेको हो ।






























