एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकको पौने ३ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको अंकित मूल्य १ सय रुपैयाँ रहेको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो ।

अंकित मूल्य १ सय रुपैयाँ रहेपनि बैंकले उक्त सेयर प्रतिकित्ता १४० रुपैयाँमा बिक्रीमा राखेको हो । सो मूल्यका आधारमा बैंकको २ करोड ८० लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

बैंकको सेयरमा पुस २३ गतेदेखि माघ २ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । उक्त सेयर खरिदका लागि जोकोही व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन् । बैंकको सेयर बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल रहेको छ ।