स्टयान्डर्ड चार्टड बैंकको वित्तीय विवरण प्रकाशित

काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा मुनाफा, ब्याज आम्दानी लगायतका सूचकहरुमा गिरावट आएको छ ।

समीक्षा अवधिमा बैंकले ६९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको नाफा १९.७२ प्रतिशले घटेको छ ।

बैकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा ८.३६ प्रतिशतले घटेर १ अर्ब ७ करोड २४ लाख रुपैयाँ रहेको छ । यस्तै, सञ्चालन नाफा १९.६८ प्रतिशतले घटेर ९८ करोड ९३ लाखमा सिमित भएको छ । त्यसको असर बैंकको नाफामा परेको छ ।

१० अर्ब ४ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले एक खर्ब २९ अर्ब ६२ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यस अवधिमा बैंक ७० अर्ब ११ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको विवरणले देखाएको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा दुई अर्ब ४१ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता ३६.४० रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा १.७१ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १.९५ प्रतिशत रहेको थियो । बैंकको प्रयिशेयर आम्दानी २७.५७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ६१३ रुपैयाँ रहेको छ ।