काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३३ करोड २३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
शुक्रबार जारी पहिलो तीन महिनाको वित्तीय विवरणअनुसार बैंकले यो अवधिमा अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा केही मात्रामा घटेको देखिन्छ । बैंकको अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा थियो ।
बैंकले यो समयमा खुद ब्याज आम्दानीमा सामान्य वृद्धि गरे पनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो देखिन्छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत बढेको छ भने भने खुद फि तथा कमिशन आम्दानी १९.८९ प्रतिशत घटेको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५।७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २०.३७ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँबाट बढेर ५४ करोड ११ लाख रुपैयाँ पुगेको छ।
जसका कारण सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। यो अवधिसम्ममा बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ७८ पैसा रहेको छ।






























