एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १२ करोड ६० लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ११ करोड ५ लाख २६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफा १०.५३ प्रतिशतले बढेको छ ।

बैकको खुद ब्याज आम्दानी २ अर्ब ५५ करोड २५ लाख रुपैयाँबाट घटेर २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको छ । यस्तै यस्तै सञ्चालन नाफा १७ करोड ३८ लाख ६५ हजार रुपैयाँबाट बढेर १९ करोड ३५ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६ अर्ब २४ करोड ८२ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २० अर्ब ९७ करोड ८१ लाख ३६ हजार रुपैयाँ छ ।

बैंकले ३ खर्ब ३७ अर्ब ३१ करोड ४८ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १२ अर्ब २२ करोड १८ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा २.०८ प्रतिशतबाट घटेर १.७४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३.२१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८.७४ रुपैयाँ रहेको छ ।