काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले खुद नाफा, सञ्चालन मुनाफा, ब्याज आम्दानी लगायतका प्रमुख सूचकमा उल्लेख्य प्रगती गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको मुनाफा गत आर्थिक वर्षको तुलनामा १३.८६ प्रतिशतले बृद्धि भएको छ ।
बैंकले यस अवधिमा कुल ४५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि २७.९१ प्रतिशतले बृद्धि भएको छ । असोज मसान्तसम्ममा बैंकले एक अर्ब ६८ करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३२ करोड रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।
सानिमा बैंकको सञ्चालन मुनाफा पनि बृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको सो मुनाफा १४.९४ प्रतिशतले बृद्धि भएर ६५ करोड ७६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५७ करोड २१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
१३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १५ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७१ पैसाँ रहेको छ ।
समग्र रुपमा बैंकको वित्तीय सूचांकहरुमा सुधार हुदै गएको छ । बैंकको कुल वितरण योग्य मुनाफा २ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।






























