सिटिजन्स बैंकको प्रथम त्रैमासको वित्तीय विवरण

काठमाडौँ । सिटिजन्स बैंकको मुनाफा २२ करोड ४ लाख ११ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखिएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा १९ करोड ८२ लाख २० हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्मको अवधिका बैंकको खुद ब्याज आम्दानी भने ११.२४ प्रतिशतले बढेर १ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिका उक्त आम्दानी १ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

बैंंकको सञ्चालन नाफा ३७ करोड १८ लाख ५४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त नाफा २८ करोड २९ लाख ७१ हजार रुपैयाँ रहेको थियो । सञ्चालन नाफा घट्दा खुद मुनाफामा समेत प्रभाव परेको हो ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४१ करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ भने रिजर्भ कोषमा ८ अर्ब २८ करोड रुपैयाँ सञ्चिति रहेको छ ।

तीन महिनाको अवधिमा बैंकको वितरणयोग्य नाफा ४१ करोड ४७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने उक्त नाफा ६७ करोड ८४ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।

बैंकको खराब कर्जा ५.४१ प्रतिशतबाट बढेर ६.८४ प्रतिशत पुगेको छ । यता, बैंकको प्रतिशेयर आम्दानी ५.९७ रुपैयाँ ऋणात्मक र प्रतिशेयर नेटवर्थ १५३.३० रुपैयाँ रहेको छ ।