काठमाडौं । कुमारी बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २ प्रतिशत घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.७७ प्रतिशत बढेर २ अर्ब ९१ करोड २० लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले २ अर्ब ८० करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३९.६३ प्रतिशत बढेर ८४ करोड ९१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशत बढेर ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँ, सञ्चालन नाफा ८.११ प्रतिशत घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ छ ।
असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन १.१६ प्रतिशत घटेर ३ खर्ब ६० अर्ब ४० करोड ६६ लाख रुपैयाँ र कर्जा लगानी ३.२५ प्रतिशत बढेर २ खर्ब ६९ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ प्रवाह गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ३३ पैसा घटेर १६.११ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४५.२१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२६ गुणा रहेको छ । गत वर्षको असोजमा ४.९६ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ६.९८ प्रतिशत पुगेको छ ।































