नेपाल राष्ट्र बैंकले दुई वटा मनिचेञ्जरहरूको इजाजतपत्र रद्द गर्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनिचेञ्जरहरूको इजाजतपत्र रद्द गरेको छ । इजाजतपत्र रद्द गरेका मनिचेञ्जरमा मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रा.लि. र ठमेलमा रहेको केटीएम ओम मनि एक्सचेन्ज प्रा.लि. रहेका छन् ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार मनिचेञ्जर कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका दुई मनिचेञ्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन सहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गरेको हो ।