नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा २५ करोडको सीमा हट्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको छ ।

आज बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन सशोधन जारी गर्दै उक्त सीमा हटाइएको हो । अब व्यक्तिले पनि बैंक तथा वित्तीय संस्थाहरुबाट जति पनि सेयर धितो कर्जा पाउन सक्नेछन् ।

यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरिएको थियो । त्यो सीमा अब हटाइएको हो ।

यस्तै, राष्ट्र बैंकले खरिद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि हटाएको छ ।