काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले लाभांश वितरण गर्ने घोषणा गरेको छ । एसबिआई मर्चेन्टको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको कर सहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले असोज २७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १०औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।































