काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले यही साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाउने भएको छ ।
कम्पनीले आफ्नो जारी पुँजीको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपियाँ बराबरको प्रतिकित्ता १०० रुपियाँका दरले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसअनुसार पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा कम्पनीले ७५ हजार २६६ कित्ता सामूहिक लगानी कोष र ३० हजार ९५ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको १२ करोड ४८ लाख ९०४ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्नेछ ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकत ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । निष्कासन बन्द छिटोमा साउन २९ हुनेछ । तर तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा भने भदौ ९ गतेसम्म लम्बिनेछ ।































