काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । लघुवित्तले कुल ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको हो । प्रतिकित्ता न्यूनतम मूल्य ५३१ रुपियाँ तोकिएको यो शेयर जो कोहीले किन्न पाउने छन् ।
लगानीकर्ताले घटीमा १ हजार र बढीमा सबै कित्ता खरिदका लागि आवेदन दिन पाउनेछन् । आवेदन दिँदा आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र आज (चैत ३) देखि १७ गते दिउँसो ३ बजेभित्र पेश गर्न सकिने लघुवित्तले जनाएको छ ।
बोलपत्र भने लघुवित्तको केन्द्रीय कार्यालय दुहवी–५, सुनसरी वा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार काठमाडौंमा पाइनेछ ।