काठमाडौं । नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन दिएकामध्ये ५ जनाको नाम अन्तरवार्ताको लागि ‘सर्टलिस्ट’ गरिएको छ ।
‘सर्टलिस्ट’ मा पर्नेमा चुडामणी चापागाईं, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्याल रहेका छन् ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाले आवेदन दिएका थिए । उनीहरुबाट नेप्से सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो ।