इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यो शेयर हाल लघुवित्तकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने छन् ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र आफूले के कति कित्ता खरिद गर्ने हो सोको विवरणसमेत खुलाई लघुवित्तको केन्द्रीय कार्यालय गैंडाकोट, नवलपरासीमा आवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि लघुवित्तले जनाएको छ ।