काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयर सम्बन्धित व्यक्तिको हितग्राही खातामा जम्मा गराएको छ ।
कम्पनीले गत मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म १०ः५.२५६ अनुपातमा प्रतिकित्ता १०० रुपियाँका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद बिक्री खुला गरेको थियो । उक्त शेयर नेप्सेमा सूचीकृत भई फागुन २६ गतेदेखि कारोबारमा आइसकेको छ ।
कात्तिक २७ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीको हकप्रद हितग्राही खातामा पठाइएको हो । २७ गतेपछि अभौतीकिकीकरण गराएको शेयरधनीको हकमा भने क्रमशः हकप्रद जम्मा गरिने पनि कम्पनीले जनाएको छ ।
त्यस्तै कात्तिक २७ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र प्राप्त भएपछि नै हकप्रद शेयर पठाइने बताइएको छ ।