काठमाडौं । एनआइसी एसिया लघुवित्तको चैत ८ गते साधारण सभा बस्ने भएको छ । लघुवित्त कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो ।
साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा, गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा विहान ९ बजेबाट सुरु हुनेछ ।