काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्टान्डर्ड चार्टर्ड बैंकको ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यस बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ६.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।