चिरख्वा हाइड्रोपावरको चैत १० गते छैठौं साधारणसभा

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आगामी चैत १० गते छैठौं साधारण सभा बोलाएको छ। साधारण सभा, कुण्डलिनी रोयल्स, जोरपाटीमा बिहान ९ बजे बस्नेछ ।

कम्पनीले सेयरधनीलाई वितरण गर्न लाभांश प्रस्ताव समावेश गरेको छैन । साधारण सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभामा पेश हुनेछ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट लिएको कर्जा अनुमोदन गर्ने र आयोजना पहिचान गरी उपयुक्त आयोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा चैत ११ गतेसम्म कायम सेयरधनी मात्र साधारण सभामा भाग लिन सक्नेछन्।