सरकारी संस्थानहरूलाई आर्थिक रूपमा धरासायी बनाउने बिचौलिया सकृय

काठमाडौं । सरकारी संस्थानहरूलाई आर्थिक रूपमा धरासायी बनाएर तिनका जग्गा र जमिन कब्जा गर्ने उदेश्यले एक ठग समूह सकृय भएको पाइएको छ।

आफुलाई चार्टर्ड एकाउन्टेन्ट (सिए) बताउँदै हिडने तर सिएको काम कहिल्यै नगर्ने पाल्पाका भेषराज लुइँटेलले चिनीमा मूल्य बढाएकाले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड,खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय जगतमा मूल्य बढदा पनि नेपालमा मूल्य नघटाइएको भन्दै नेपाल आयल निगम लिमिटेड विरूद्व उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गलत,भ्रामक र असत्य बेतुकका उजुरी हाल्दै हिडेका छन।

चिनीको मूल्य खुला बजार र निजी चिनी मिल उद्योगहरूले निर्धारण गर्छन। यसमा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयको सहमतिमा साल्ट ट्रेङिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिएको अवस्थामा विदेशबाट चिनी आयात गरेर यी दुई कम्पनी लिमिटेडले चिनीको मूल्य घटाएर बजारमा चिनी पठाइ मुल्य नियन्त्रण गर्न सरकारलाई सघाउदै आएका छन।

यो बास्तबिकता हुँदाहुँदै ठग लुइँटेलले विभिन्न माफियाहरूको इन्टेस्टमा भ्रामक र असत्य उजुरी गर्दै हिडेको मन्त्रालय स्रोतले बताएको छ।

सिंहदरवार भित्र दैनिक घुमेर नहुने काम पनि गर्छु भन्दै समस्यामा परेका व्याक्तिसँग लाखौं रकम उठाउदै ठगीधन्दा गर्ने बिचौलिया ठग लुइँटेलले अहिले आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्यालसँग बाक्लै उठबस गर्न थालेका छन।

ठग बिचौलिया लुइँटेलसँग के उदेश्यले सहसचिव अर्यालको उठबस भैरहेको छ भनि मन्त्रालयको उपल्लो नेतृत्वले खोजविन गर्न थालेको छ।

निजी चिनी उत्पादक समुहका केही व्याक्तिहरूसँग साँठगाँठमा रहेका लुइँटेलको षड्यन्त्र र चलखेलमा आपूर्ति मन्त्रालयकी सहसचिव अर्याल पर्दै गएकी छिन।

उनले ठग र बिचौलिया दलालको कुरा आयल निगम,खाद्य व्यवस्था र साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुखसँग सोधखोज गर्ने, मन्त्रालयमा बोलाउने र स्पष्टीकरणको पत्रचार गर्न थालेको सुनिएको छ।

प्रहरी स्रोतका अनुसार ठग लुइँटेलले २०६७ सालमा ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सिपल गिता राणा क्षेत्रीसँग काम गरिदिन्छु भन्दै ४२ लाख रकम लिएको र भनेको काम नगरिदिए पछि तिन महिनापछि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको चेक दिएको तर साटन जादा खातामा रकम नहुँदा चेक बाउन्सभई प्रहरी परिसर काठमाडौंमा उजुरी दिएमो र प्रहरीले निज लुइँटेललाई बैंकिङ कसुर चेक बाउन्समा पक्राउ गरि काठमाडौं जिल्ला अदालतमा २०६७ भदौ १४ गते मुद्दा नं २६५ ठगी मुद्दा दायर गरेको थियो।

त्यसपछि उसले गिता राणा क्षेत्रीकी छोरी ज्योत्सना राणा सिंहलाई ३६ लाख रकम बुझाएर तत्कालका लागि अदालतबाट धरौटीमा छुटेका थिए।

त्यसपछि अरू व्याक्तिहरूलाई पनि ठगि रहेको प्रहरीमा उजुरी परेपछि लुकिछिपि बसेका र भागीभागी हिडेका लुइँटेल २०७२ को भूकम्पपछि भागेर भारत गएका थिए।

उनी फेरि गत २०७९ भदौमा नेपाल आएर ठगि र बिचौलिया धन्दा सुरू गर्दै सरकारी संस्थान डुबाउने र व्याक्तिहरूलाई ठग्न थालेको उनी निकट स्रोतले बताएको छ।

लुइँटेलले अझै गिता राणा क्षेत्रीलाई ठगेको छ लाख रूपैयाँ दिन बाँकी रहेको स्रोतले बताएको छ। क्षेत्रीले उनलाई खोजि गरिरहेकी छिन।

नेपाल आएपछि लुइँटेलले अर्थमन्त्री जनार्दन शर्मा, विष्णुप्रसाद पौडेल र मुख्यसचिव डा. शंकरदास बैरागी हुँदा अर्थ मन्त्रालयका केही सहसचिव र सचिव मार्फत सरकारी तीन संस्थान डुबाउन चलखेल गरेको,विभिन्न उजुरी हालेर दुस्ख दिदै हिडेको अर्थ स्रोतले बताएको छ।

यस्ता ठग र बिचौलियालाई सहसचिव अर्यालले किन संरक्षण दिदै र साँठगाँठ गर्दै आएकी छिन खोजवीन जारी छ। दैनिक सिंहदरबार भित्र प्रवेश गरेर ठगी र बिचौलिया काम गर्दै हिडने यस्ता ठग र बिचौलिया लुइँटेललाई प्रहरीले पक्राउ गरि कानुनी कारवाही गर्नुपर्ने पिडित व्याक्तिहरूले बताएका छन।

विगतमा यिनले ठगी गरि पिडित हुनेहरूले यिनलाई खोजि गरिरहेका पनि छन। यी ठगलाई आपूर्ति मन्त्रालयका सहसचिव अर्यालको कोठामा अक्सर भेटिने गरेकाले त्यहाँ गएर ठगलाई ठिक पार्न समेत स्रोतले पिडितहरूलाई अनुरोध गरेको छ।