काठमाडौं । सामसङले नेपालमा ए(सिरिजलाई विस्तार गर्दै नयाँ मोडलको स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले नयाँ ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक गरेको हो। यसको मूल्य ३४ हजार ९९९ (८/२५६ जीबी), ३० हजार ९९९ (८/१२८ जीबी) र २८ हजार ९९९ (६/१२८ जीबी) तोकिएको छ।
ग्यालेक्सी ए१७ फाइभजीमा ६.७–इन्च सुपर अमोलेड डिस्प्ले ९० एचजेट रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन र लाइनर ग्रुप गरिएको क्यामेरा सेटअप छ।
यसमा ५० एमपी ओआईएस मुख्य क्यामेरा, ५ एमपी अल्ट्रा–वाइड, र २ एमपी म्याक्रो लेन्स रहेको छ। यसमा जेमिनी इन्टिग्रेशन, जेमिनी लाइभ र सर्कल टु सर्च जस्ता एआई टुलहरू प्रयोग गर्न सकिन्छ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ए१७ फाइभजी मार्फत नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेको बताए।
यसमा गोरिल्ला ग्लास भिक्टस र आईपी५४ डस्ट तथा स्प्ल्यास रेजिस्टेन्स जस्ता मजबुत सुरक्षा फिचरहरू छन्। साथै यसमा ६ वर्षको सुरक्षा अपडेट रहेको छ ।






























