गुराँस लघुवित्त वित्तीय संस्थाको १० औँ वार्षिक साधारण सभा आज

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आफ्नो १० औँ वार्षिक साधारण सभा आज कात्तिक २३ गते गर्दैछ ।

साधारण सभाले संस्था सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ करोड ५८ लाख ४९ हजार ५०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

जसमा १४.२५ प्रतिशतले हुन आउने बोनस शेयर र ०.७५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

साधारण सभाले बोनस शेयर वितरणपछि संस्थाको पुँजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्नेछ। सभाले गत आर्थिक वर्षका वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र साधारण सभा प्रयोजनका लागि संस्थाले कात्तिक १४ गते बुक क्लोज गरेको थियो । यसको अर्थ कात्तिक १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।

साधारण सभा धनकुटाको धनकुटा–१ हिलेस्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान १० बजेबाट सुरु हुनेछ।