आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बादे श्रेष्ठ नियुक्ति

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त हुनु भएको छ ।

बादे श्रेष्ठको नियुक्तिको लागि कम्पनीको संचालक समितिको २०८० वैशाख २७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा कम्पनीको नियमनकारी निकाय  नेपाल बीमा प्राधिकरणबाट २०८० जेठ ५ गतेको पत्र मार्फत स्वीकृति प्राप्त भई कम्पनीको २०८० जेठ ९ गते बसेको संचालक समितिको बैठकमा युगेशभक्त बादे श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गर्नुभयो ।

उक्त अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट युगेशभक्त बादे श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएकोे थियोे ।