माछापुच्छ्रे बैंकको करिब ९९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो ९८ हजार ८९७ कित्ता साधारण शेयर बिक्रीमा रहेको जनाएको छ । आइतबार एक सूचना जारी गर्दै बैंकले गान्धी पण्डितको नाममा रहेको शेयर बिक्री गर्न लागेको जनाएको हो ।

पहिलो चरणमा यो शेयर संस्थापक सदस्यहरूको लागि मात्रै आह्वान गरिएको हो । जस अनुसार संस्थापक शेयरधनीले आजको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेड सुन्धारास्थित बागदरबार जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको शेयर विभागमा सम्पर्क गर्न भनेको छ ।
यदि तोकिएको समयमा पनि शेयर बिक्री नभएमा यो शेयर सर्वसाधारणका लागि खुला हुनेछ ।