काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘इमर्जिंग एशिया बैंकिंग कन्क्लेभ एण्ड अवार्ड्स २०२५’ मा ‘द बेस्ट बैंक’ अवार्डबाट सम्मानित भएको छ।
यसका साथै बैंकले ‘Best AI/ML Implementation’विधामा उत्कृष्ट अवार्ड र ‘Best MSME Acceleration’ विधामा ‘Runner-up’अवार्ड प्राप्त गरेको छ।
भारतको नयाँ दिल्लीमा अगस्ट २९ मा आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका थिए।
यस उपाधिले आफ्ना ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यमा थप ऊर्जा मिलेको बैंकले जनाएको छ। बैंकले ग्राहक, नियमनकारी निकाय, शेयरधनी र शुभचिन्तकहरूलाई धन्यवाद व्यक्त गरेको छ।































